दफा १३
प्रत्यायन प्रमाणपत्र दिनु पर्ने
(१) दफा १२ बमोजिम प्रतिवेदन प्राप्त भएपछि कार्यकारी निर्देशकले .सो प्रतिवेदनको सम्बन्धमा सम्बन्धित विषयगत समितिसँग निवेदक संस्थाको काम कारबाही तथा सो संस्थालाई प्रत्यायन प्रमाणपत्र दिने सम्बन्धमा थप परामर्श गर्न सक्नेछ।

(२) उपदफा (१). बमोजिम परामर्श गर्दा दफा १२ बमोजिम विषयगत समितिले पेश गरेको अन्तिम प्रतिवेदनको आधारमा निवेदक संस्थालाई प्रत्यायन प्रमाणपत्र दिन मनासिब देखिएमा कार्यकारी निर्देशकले आवश्यक शर्त तोकी तोकिए बमोजिमको शुल्क लिई एक महिनाभित्र प्रत्यायन प्रमाणपत्र दिनु पर्नेछ।

(३) उपदफा (२) बमोजिम दिइएको प्रत्यायन प्रमाणपत्रको अवधि प्रमाणपत्र जारी भएको मितिले तीन वर्षको हुनेछ।

(४) प्रत्यायन प्रमाणपत्रको ढाँचा सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा १२ बमोजिम विषयगत समितिबाट प्राप्त अन्तिम प्रतिवेदनबाट निवेदक संस्थालाई प्रत्यायन प्रमाणपत्र दिन उपयुक्त नदेखिएको भनी निर्णय भएमा सोको कारण सहितको जानकारी सात दिनभित्र त्यस्तो संस्थालाई दिनु पर्नेछ।